
दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको निधन भएको नेपाली दूतावासले पुष्टि गरेको छ । मृतकको नामावली छिट्टै सार्वजनिक गरिने इजरायलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको दूतावासको भनाइ छ । साथै, सम्पर्कविहिन रहेका एक जना नेपालीको खोजLकार्य भइरहेको जनाइएको छ । दुई जना भने प्रहरीको सम्पर्कमा रहेर सुरक्षित रहेका छन् ।
दूतावासले मृतकको शव नेपाल ल्याउने प्रक्रियाको लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । यसैगरी दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय गर्न पनि अनुरोध गरेको छ।
दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरुको स्वदेश फिर्तिको लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिष्ट्रेशनको व्यवस्था गरिने समेत जनाएको छ ।