१० असार २०८३, बुधबार

इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

असोज २२, २०८०
काठमाडौं
इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका सात जना विद्यार्थीका परिवारलाई सरकारले जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।

इजरायलमा भएको हमलामा परी आइतबार १० जना नेपालीको मृत्यु भएको थियो । तीमध्ये ७ जना सुदूरपश्चिमका छन् ।

मुख्यमन्त्री शाहले विज्ञप्ति जारी गरी इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

यस्तो छ सूचना

null

कमेन्ट गर्नुहोस्