०४ साउन २०८३, सोमबार

जर्मन चान्सलर स्कोल्जको दलले खायो निर्वाचनमा धक्का

असोज २२, २०८०
काठमाडौं
जर्मन चान्सलर स्कोल्जको दलले खायो निर्वाचनमा धक्का

बर्लिन– जर्मनीको हेस्से र बाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् ।

जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा मध्यमार्गी दक्षिणपन्थी दलहरूले पहिलो स्थान हासिल गरेका हुन् । आधिकारिक तथ्याङ्कअनुसार सीडीयूले हेस्से राज्यमा ३४.६ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ भने सीएसयूले बाभेरियामा ३७ प्रतिशत मत प्राप्त गरेको छ ।
 
यसका साथै दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले एसपीडी, ग्रिन पार्टी र फ्रि डेमोक्र्याटिक पार्टीद्वारा सञ्चालित वर्तमान संघीय सरकारप्रति मतदाताहरूको असन्तोषका कारण ठूलो लाभ उठाएको छ ।


सन् २०१८ को विधानसभा चुनावको तुलनामा यी दुई राज्यमा सीडीयू र सीएसयूले राम्रो मत प्राप्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्