०७ असार २०८३, आइतबार

इजरायलबाट विद्यार्थीको आग्रह- नेपाल लैजान सकिँदैन भने हामीलाई अन्य देशमा लगियोस्

असोज २३, २०८०
काठमाडौं
इजरायलबाट विद्यार्थीको आग्रह- नेपाल लैजान सकिँदैन भने हामीलाई अन्य देशमा लगियोस्

युद्धग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूलाई सुरक्षित स्थानमा लगिदिन आग्रह गरेका छन् ।  

गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले आफूहरूलाई नेपाल लैजान नसिकए अन्य देशमा लगिदिन आग्रह गरेका हुन् । 'हामीलाई नेपाल लैजान सकिँदैन भन्ने अन्य देशमा लगियोस् कमसेकम सुरक्षित त हुने छौं,' उनले लेखेका छन् । 

उनले हाल आफूहरूलाई इजिप्टको सिमानामा राखिएको भन्दै त्यहाँ पनि सुरक्षित नरहेको बताएका छन् ।

गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्