
मधेस प्रदेश सरकारले इजरायलमा प्यालेस्टाइनी हमास समूहले गरेको आक्रमणमा निधन भएका मधेस प्रदेशका आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ ।
मधेस प्रदेशम मुख्यमन्त्री सरोज कुमार यादवले एक वक्तव्यमार्फत यसबारे जानकारी गराएका हुन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ का २२ वर्षीय आनन्दको शनिबारको हमलामा निधन भएको थियो । सोही घटनामा अन्य १० नेपालीको समेत मृत्यु भएको थियो ।
मुख्यमन्त्री यादवले सबैप्रति श्रद्धाञ्जली गर्दै प्रदेशका नागरिक भएकाले सरकारको तर्फबाट रु पाँच लाख राहतस्वरुप प्रदान गरिने बताएका हुन् ।
उनले माता जानकीले पीडित परिवारमाथि परेको बज्रपात सहन गर्ने शक्ति दिऊन् भन्ने कामना पनि गरेका छन् ।