×

‘हाम्रो पे’को क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने

काठमाडाैं | असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​

बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत 'हाम्रो पे'को भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो । 


Advertisment

हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआइदिने, मर्चेन्टकहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुने जस्ता समस्या बेहोर्दै आएका छन् ।


Advertisment

सोही समस्या समाधान गर्न अडियोसहितको क्यूआर ल्याएको हाम्रो पेले जनाएको छ ।

हाम्रो पेले बुधवार काठमाडौंस्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको शुरुवात गरेको हो ।

हालै मात्र हाम्रो पेले विभिन्न २० वटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो । 

मर्चेन्टका 'हाम्रो पे'को क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकमसहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो ।  

'हाम्रो पे'को मर्चेन्ट क्यूआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने हुन्छ । जुन हाल निःशुल्क रूपमा उपलब्ध रहेको छ ।

तर ‘कोइली’ अडियोसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने (रेन्टल) गरी दुई विकल्प दिइएका छन् ।

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

चैत ३०, २०८०

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता ल...

जेठ १४, २०८१

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । २०६५ जेठ १५ गते देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा मनाउन लागिएको दिवसको अवसरमा 'रिपब्लिक डे अफर'...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x