०४ असार २०८३, बिहीबार

आजदेखि उपत्यकामा दसैँको खसीबोका, कति पर्छ मूल्य ?

असोज २८, २०८०
काठमाडौं
आजदेखि उपत्यकामा दसैँको खसीबोका, कति पर्छ मूल्य ?

नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई  लक्षित  गरेर  आइतबारदेखि  व्यवसायीले  उपत्यकामा  खसीबोका  ल्याउने  भएका  छन्  ।  सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर  खसीबोका  खरिद  गरेर  उपत्यकामा  ल्याएर  बिक्री गर्र्छन् ।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक  थापाका  अनुसार  दसैँलाई  लक्षित  गरेर  घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ ।

उपत्यकामा फूूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ । दसैँमा  उपत्यकामा  यो  वर्ष  ४५  देखि  ५०  हजार रुपियाँ मूल्य पर्ने खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्