२४ जेठ २०८३, आइतबार

स्पेन, स्कटल्यान्ड र टर्कीएले गरे युरोकपको टिकट पक्का

असोज २९, २०८०
काठमाडौं
स्पेन, स्कटल्यान्ड र टर्कीएले गरे युरोकपको टिकट पक्का

स्पेन, स्कटल्यान्ड र टर्कीएले गरे आगामी वर्ष जर्मनीमा हुन गइरहेको युरोकप फूटबल प्रतियोगिताको टिकट पक्का गरेका छन् ।

सर्वाधिक ३ पटकको विजेता स्पेनले आइतवार राति नर्वेलाई उसको घरेलु मैदानमै १–० गोल अन्तरले हराउँदै युरोकपमा छानिएको हो । 

स्पेनको जीतमा गाभीले ४९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । 

नर्वे पराजित भएपछि स्कटल्यान्डले पनि २ खेलअगावै टिकट काटेको छ । यता, स्पेनले पनि अझै २ खेल्न बाँकी हुँदै छनोट चरण पक्का गरेको हो ।

समूह ‘ए’बाट स्पेन र स्कटल्यान्ड छानिएका हुन् । समूह विजेताको भने टुंगो लागेको छैन ।

यस्तै, लात्भियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै टर्कीए पनि युरोपमा छानिएको छ ।

टर्कीए समूह ‘डी’मा १ खेल खेल्नअघि नै छानिएको हो ।

युरोकपमा लागि आयोजक जर्मनीसँगै ७ टोलीले टिकट पक्का गरिसकेका छन् ।

शनिवार राति फ्रान्स, पोर्चुगल र बेल्जियम छानिएका थिए । युरोकपमा २४ टोलीले खेल्न पाउँछन् । अरु छनोट हुन बाँकी छ । 

आइतवार राति भएका ८ खेलका नतिजाः 

null
 


 

salt training

कमेन्ट गर्नुहोस्