३१ जेठ २०८३, आइतबार

आजदेखि दसैँका लागि नयाँ नोट सटही

असोज २९, २०८०
काठमाडौं
आजदेखि दसैँका लागि नयाँ नोट सटही

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी  सोमबारदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । 

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अघिल्ला वर्षहरूमा जस्तै  यस वर्ष पनि  ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ । एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्