२१ जेठ २०८३, बिहीबार

उपप्रधानमन्त्री श्रेष्ठ चीनको छेन्दुमा

असोज २९, २०८०
काठमाडौं
उपप्रधानमन्त्री श्रेष्ठ चीनको छेन्दुमा

छिमेकी मुलुक चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु पुगेका छन् । ​

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरेका थिए ।

मन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।

उनी छेन्दुस्थित थियान्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमवार नै चीनको बेइजिङ प्रस्थान गर्नेछन् । 

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुनेछन् ।

उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका छ । 

salt training

कमेन्ट गर्नुहोस्