१२ असार २०८३, शुक्रबार

सक्कली र नक्कली साथी कसरी चिन्ने, थाहा पाउनुस् ?

कात्तिक २०, २०७४
सक्कली र नक्कली साथी कसरी चिन्ने, थाहा पाउनुस् ?

साँचो साथी पाउन एकदमै गाह्रो छ । जिन्दगीमा धेरै साथी भेटिन्छन् तर असली साथी पत्ता लगाउन सजिलो छैन । तपाईंका लागि जे गर्न पनि तयार हुने व्यक्ति नै साँचो साथी हो । यहाँ हामी केही यस्ता कुरा बताउँदैछौं जसबाट तपाईं असली र नक्कली साथी छुट्ट्याउन सक्नुहुन्छ ।


असल साथीले तपाईंलाई सधैं प्रोत्साहन गर्छ । तपाईंको हरेक कदममा उसले साथ दिन्छ ।

प्रत्येक व्यक्तिमा कुनै न कुनै बेवकुफी हुन्छ । तर साँचो साथीले बेवकुफीका बावजुद तपाईंलाई माया गर्छ । अझ उसले बेवकुफीमा साथ पो दिन्छ ।

कहिलेकाहीँ तपाईं गलत काम गरेर फस्नुहुन्छ । यस्तो बेलामा तपाईंका नक्कली साथीहरूले तपाईंलाई डुबाइदिन्छन् । तर सक्कली साथीले तपाईंलाई अप्ठ्यारोबाट निकाल्छ र माफ पनि गरिदिन्छ ।

तपाईं गलत नै भएपनि सच्चा साथीले तपाईंको साथ छोड्दैन ।

समय बित्दै जाँदा तपाईंको रुचि परिवर्तन हुन्छ । नक्कली साथीले तपाईंको नयाँ रुचिलाई मजाकमा उडाउँछ । तर साँचो साथीले तपाईंको नयाँ रुचिमा समर्थन जनाउँछ ।

तपाईंको खराब बानी छ भने सच्चा साथीले त्यसलाई सुधार्न मद्दत गर्छ ।

नक्कली साथीहरू तपाईंसँग काम परेमा वा गफ लडाउनुपरेमा सम्पर्क गर्छन् । तर सच्चा साथीले तपाईंसँग कुनै पनि बेलामा सम्पर्क गर्न सक्छन् किनकि उनीहरू तपाईंको जिन्दगीमा के भइरहेको छ जान्न चाहन्छन् ।

साँचो साथीले तपाईंका रहस्यहरू लुकाएर राख्छन् । नक्कली साथीले चाहिँ तपाईंका आन्द्राभुँडी खोतलिदिन्छन् । 
साँचो साथीले तपाईंलाई व्यस्त समयतालिकाका बाबजुद भेट्छन् ।

सच्चा साथीले तपाईं निराश र उदास हुनुहुँदा सहारा दिन्छन् । अप्ठ्यारो अवस्थामा नक्कली साथी त चम्पत भइहाल्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्