२६ जेठ २०८३, मंगलबार

घुस लिएको आरोपमा झापामा नापीका कर्मचारीसहित २ जना समातिए

असोज ३०, २०८०
काठमाडौं
घुस लिएको आरोपमा झापामा नापीका कर्मचारीसहित २ जना समातिए

सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार समातेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट समातिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरू पक्राउ परेको प्रवक्ता दाहालले बताए । 

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उनले जानकारी दिए । उनीहरूलाई मङ्गलवार नै आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्