२६ जेठ २०८३, मंगलबार
द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीको उद्धार जारी

इजरायलबाट १९ नेपालीकाे भारतीय विमानमार्फत उद्धार [सूचीसहित]

असोज ३०, २०८०
काठमाडौं
इजरायलबाट १९ नेपालीकाे भारतीय विमानमार्फत उद्धार [सूचीसहित]

इजरायलमा पालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । 

सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलवार इजरायलको तेलल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यू फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।

स्थानीय समयअनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक नेपाल आउने मन्त्रालयले जनाएको छ । 

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । 

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने बताइएको छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। 

उनीहरू मंगलवार बेलुकी ६–७ बजेसम्ममा नयाँ दिल्ली पुग्ने बताइएको छ । 

यी हुन् उद्धार गरिएका १९ नेपाली: 

नन्दसिंह भुल

सुजेन्द्र खड्का

प्रतिभा रौनियार

अनुमा डंगोल

हिना खाँण

आतिस गुरुङ

जुनु गुरुङ

मौसमी पाख्रिन

प्रतिमा तिम्सिना

राजकुमार मानन्धर

संगीता दुलाल

उर्मिला रावल

ममता थापा

दिलकुमारी अधिकारी कार्की

निश्चल श्रेष्ठ

समिता बस्नेत

अम्बिका सुवेदी

सिरता गुरुङ

उर्मिला श्रेष्ठ ।
 

salt training

कमेन्ट गर्नुहोस्