११ असार २०८३, बिहीबार

१०९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

कात्तिक २०, २०७४
१०९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौँ, ७ असोज - असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १०९ वटा स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।Madhesh-Vote-Count

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपराह्न ४ बजे प्राप्त विवरण अनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा (माओवादी केन्द्र) १९, राष्ट्रिय जनता पार्टी नेपाल १८, नेकपा (एमाले) १३, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति नेपालका एक उम्मेदवार विजयी हुनुभएको छ ।

यसैगरी, अहिलेसम्म एक हजार १०५ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

अब २५ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्