११ असार २०८३, बिहीबार

मुख्यसचिव बन्न दौड सुरू, कसले मार्ला बाजी ?

कात्तिक २०, २०७४
मुख्यसचिव बन्न दौड सुरू, कसले मार्ला बाजी ?
काठमाडौं, ८ असोज- सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् ।
मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले शनिबार भने । उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए ।chief tressure
क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।तत्कालीन मुख्यसचिव डा.सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।
हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।
त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्