१० साउन २०८३, आइतबार

साविक विजेता इटालीलाई हराउँदै इंग्ल्यान्ड युरोकपमा, इटाली झर्‍यो तेस्रोमा

कात्तिक १, २०८०
काठमाडौं
साविक विजेता इटालीलाई हराउँदै इंग्ल्यान्ड युरोकपमा, इटाली झर्‍यो तेस्रोमा

साविक विजेता इटालीलाई हराउँदै इंग्ल्यान्ड आगामी वर्ष जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप (युरोकप) फूटबलका लागि छनोट भएको छ । इंग्ल्यान्ड युरोकपका लागि दुई खेलअगावै छनोट भएको हो ।

मंगलवार राति भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डले इटालीमाथि ३–१ गोल अन्तरको जीत हात पार्न सफल भएको हो ।

खेलको १५ औँ मिनेटमा इंग्लिस क्लब वेस्ट ह्यामका स्ट्राइकर जियानलुका स्कामाकाले इटालीलाई अग्रता दिलाएका थिए । तर खेलको ३२ औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ५७ औँ मिनेटमा गोल गर्दै मार्कस रासफोर्डले इंग्ल्यान्डलाई अग्रता दिलाए । ७७ औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित भएको हो ।

पराजयसँगै समूह ‘सी’मा इटाली तेस्रो स्थानमा खस्किएको छ । अब दोस्रो स्थानमा रहेको युकेनविरुद्धको खेल उसको लागि निर्णायक बन्नेछ । समूहमा दुई टोली सिधै छनोट हुने प्रावधान छ । तेस्रो स्थानको टोलीले प्लेअफमा स्थान बनाउने छ ।

दुई वर्षअघि इटालीले घरेलु टोली इंग्ल्यान्डलाई नै हराएर युरोकपको दोस्रो उपाधि जितेको थियो । इंग्ल्यान्डले त्यसैको बदला लिएको छ । 

इंग्ल्यान्ड छनोट भएसँगै युरोकपमा लागि आयोजक जर्मनीसँगै ९ टोलीले टिकट पक्का गरिसकेका छन् ।

फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, स्कटल्यान्ड, टर्कीए र अष्ट्रिया यसअघि नै छानिएका थिए । युरोकपमा २४ टोलीले खेल्न पाउँछन् । अरु छनोट हुन बाँकी छ । 

मंगलवार राति भएका ७ खेलको नतिजाः 

null


 

salt training

कमेन्ट गर्नुहोस्