
काठमाडौंको मूलपानीमा शुरू भएको त्रिकोणात्मक क्रिकेट शृंखलामा नेपालले यूएईविरुद्ध शानदार शुरूआत गरेको छ ।
३ ओभर १ बलमा २ विकेट हात पार्दै नेपालले प्रभावशाली शुरूआत गरेको हो । सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन् ।
पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले ० रन जोडेका खालिद शाहलाई आउट गरेका थिए । करण केसीले चौथो ओभरको पहिलो बलमा अलिशान शराफुलाई पेबेलियनको बाटो देखाए ।
यो समाचार तयार पार्दासम्म यूएईले ४ ओभरमा २ विकेट गुमाएर १५ रन जोडेको छ । टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेका नेपाल, यूएई र हङकङले एकअर्काविरुद्ध २-२ खेलको शृंखला खेलिरहेका हुन् ।
विश्वकपको अन्तिम चरणको एसियाली छनोट २ सातापछि काठमाडौंमै शुरू हुँदैछ ।