१५ असार २०८३, सोमबार

शैक्षिक सुधारको मूल आधार बाल शिक्षाः मुख्यमन्त्री शर्मा

कात्तिक २, २०८०
सुर्खेत
शैक्षिक सुधारको मूल आधार बाल शिक्षाः मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शैक्षिक सुधारको आधार बाल शिक्षा भएको बताएका छन् । 

शिक्षा पत्रकार समूहद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी’ रुपान्तरण तथा कर्णालीका विद्यालयमा शिक्षाको अवस्था प्रादेशिक बहसमा बोल्दै उहाँले शिक्षाको मूल आधार बालशिक्षा भएको बताएका हुन् ।  मुख्यमन्त्री शर्माले भने, “जग बलियो नभई घर बलियो हुँदैन । शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रमा राखेपनि आपसी सहकार्यविना अपेक्षित नतिजा आउन सक्दैन ।”

शैक्षिक सुधारको मूल आधार स्थानीय तह भएकाले बजेट र जनशक्ति दुवै बलियो बनाउनुपर्ने भन्दै उहाँले कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० नमूना विद्यालय बनाउने गरी आवश्यक कार्य अघि बढाउन लागेको बताए । 

कर्णाली प्रदेशको ठूलो भूगोल तर न्यून बजेटका कारण शिक्षालगायतका क्षेत्रमा  उल्लेख्य प्रगति हासिल हुन नसकेपनि आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरू परिवर्तन हुनेगरी शिक्षामा सुधार आउने विश्वास उनले व्यक्त गरे । 

 कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले लेखेका चिठ्ठी तथा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले प्रकाशन गरेको ‘मुख्यमन्त्रीलाई बालबालिकाको चिठ्ठी पुस्तक’ मुख्यमन्त्री शर्मालाई हस्तान्तरण गरिएको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्