०८ असार २०८३, सोमबार

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कात्तिक ३, २०८०
काठमाडौं
कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
प्रतीकात्मक तस्वीर

हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भए पनि अन्य ठाउँमा मौसम सफा रहने छ ।

काठमाडौंको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटरभन्दा धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौंमा अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भावना रहेको छ ।

यसैगरी देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्