गौशाला, ८ असोज - महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ ।

निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा सोही पार्टीकी ननुकुमारी दास विजयी हुनुभएको छ ।
पिपरा गाउँपालिकाको अध्यक्ष पदमा चौधरी दुई हजार ७७५ र उपाध्यक्ष पदमा ननुकुमारी दास दुई हजार ५७३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत महतले बताउनुभयो ।
त्यस्तै उहाँहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा नेकपा (एमाले)का विक्रम चौधरीले एक हजार ८७३ र उपाध्यक्ष पदमा रेखा देवी दासले दुई हजार १७ मत प्राप्त गर्नुभएको छ ।
यो परिणामसँगै महोत्तरीको १५ मध्ये १४ स्थानीय तहको परिणाम आइसकेको छ भने राजपा नेपाल छ स्थान हासिल गर्दै पहिलो भएको छ ।