१६ असार २०८३, मंगलबार

मौसम पूर्वानुमान: तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

कात्तिक ४, २०८०
काठमाडौं
मौसम पूर्वानुमान: तीन प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

हाल देशको पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्