
चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा कुल आन्तरिक कर्जा ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत भदौ मसान्तमा यस्तो कर्जा ७.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १०.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.० प्रतिशतले घटेको थियो ।
वार्षिक बिन्दुगत आधारमा गत भदौ मसान्तमा यस्तो दाबी २९.५ प्रतिशतले बढेको छ । मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी १.७ प्रतिशतले नै बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ, गोरखापत्रमा खबर छ ।