१० असार २०८३, बुधबार

आन्दोलनको केन्द्रविन्दु सिरहामा एमालेले चार ठाउँ जित्यो, राजपा शून्य !

कात्तिक २०, २०७४
आन्दोलनको केन्द्रविन्दु सिरहामा एमालेले चार ठाउँ जित्यो, राजपा शून्य !
सिरहा, ८ असोज – असोज दुईमा भएको तेस्रो तहको निर्वाचन अन्तर्गतको मतगणना अन्तिम चरणमा पुगेको छ । दुई नम्बर प्रदेशको १३६ तह मध्ये अव १५ भन्दा कम स्थानीय तहको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

दुई नम्बर प्रदेशका आठ जिल्ला मध्ये केही जिल्लाको सम्पूर्ण नजिता सार्वजनिक भएको छ । जसमध्ये सिरहा जिल्लाको सवै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेकोमा सिरहामा माओवादीले धेरै स्थानीय तहमा जीत निकालेको छ । पहिलो बनेको माओवादीले १७ मध्ये ७ स्थानीय तहमा जीत निकालेको हो ।

संघीय समाजवादी फोरम नेपालल पाँच तहमा जित्दै दोस्रो स्थानमा रहेको छ भने चार स्थानीय तहमा जित निकाल्दै एमाले तेस्रो र दुई स्थानीय तहमा जित्दै माओजादी केन्द्रले चौथो स्थानमा चित्त बुझाएको छ ।

संविधान जारी भएपछि राजपाले आन्दोलनको केन्द्रविन्दु बनाएको सिरहामा भने राजपाले कुनै पनि स्थानीय तहमा जित्न सकेन ।

salt training

कमेन्ट गर्नुहोस्