
भूकम्पका कारण धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । भूकम्पले केही घरहरूसमेत चर्केका छन् ।
आइतबार बिहान ७:३९ बजे धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निम्युडको भूकम्प गएको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए । केही ठाउँमा पहिरो गएको खबर आफूले पनि पाएको उनले बताए ।
'क्षतिको यकिन विवरण आइसकेको छैन । संकलन गर्ने कार्य भइरहेको छ । कुनै ठूलो क्षति नभएको हाम्रो अनुमान छ,' लोकान्तरसँग उनले भने,'भूकम्पपछि केही ठाउँमा पहिरो गएको भन्ने आएको छ । आधिकारिक रूपमा बुझ्दैछौं ।'
जिल्लामा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको उनले बताए ।