०५ साउन २०८३, मंगलबार

इजरायलले खाली गरायाे लेबनानी सीमानजिकैका थप १४ समुदायका बस्ती

कात्तिक ६, २०८०
काठमाडौं
इजरायलले खाली गरायाे लेबनानी सीमानजिकैका थप १४ समुदायका बस्ती

जेरुसेलम–इजरायलले दक्षिणी लेबनानमा इजरायल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतवार घोषणा गरेको छ ।

इजरायली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू) रहेको जनाएको छ ।

शुक्रवार रक्षा मन्त्रालयले उत्तरी इजरायली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमानजिकै २ हजार २ सय जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरायलको लडाइँ बढाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्