
एसीसी यू-१९ प्रिमियर कपमा नेपालका कप्तान देव खनालले यूएईविरुद्ध सानदार शतक बनाएका छन् । ८७ बलमा उनले ९ चौका ३ छक्काको मद्दतमा शतक बनाएका हुन् । उनी १०० रनमै आउट भए ।
नेपाललाई खनालको सतकीय इनिङले बलियो स्थितिमा पुर्याएको छ । ३७ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर १९८ रन बनाएको छ ।
मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा आज जारी खेलमा अर्का ब्याट्सम्यान अर्जुन कुमालले ७८ बलमा चार चौकाको मद्धतमा ५५ रन बनाएका हुन्।
जारी प्रतियोगितामा अपराजित दुवै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-१९ एसिया कप खेल्न चाहन्छन्।
नेपालले समूह चरणका तीन वटै खेलमा जीत हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २ सय ७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३ सय २ रनले पराजित गरेको थियो।
वर्षाले प्रभावित सेमिफाइनलमा नेपालले जापानविरुद्ध १ सय ४३ रनको फराकिलो जित निकालेको थियो। सेमिफाइनल प्रवेश गरेसँगै एसिया कपमा लागि छनोट भइसका नेपाल र युएई भारत र पाकिस्तान सम्मिलित समूह ए छन्। एसिया कप डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ।