०६ असार २०८३, शनिबार

फिस्टेल लजले फेवाताल अतिक्रमण गरेकोवारे संसदीय समितिले अध्ययन गर्ने

कात्तिक २०, २०७४
फिस्टेल लजले फेवाताल अतिक्रमण गरेकोवारे संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं ८ असोज– व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिले पोखरा फेवातालको अतिक्रमण रोक्न विभिन्न छानविन समितिले दिएका सुझाव तथा सिफारिसलाई उच्चप्राथमिकता दिई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

संसद सचिवालय सिंहदरवारमा आइतवार बसेको समिति बैठकले फेवाताल अतिक्रमण रोक्न विगतमा दिइएका सुझाव कार्यान्वयन गर्न, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, वनतथा भू–संरक्षण मन्त्रालय र संस्कृति, जनसंख्या तथा वातावरण मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सचिति सचिव सुरजकुमार दुराले जानकारी दिए ।

समितिले फेवातालको किनारमा संचालित फिस्टेल लज लगायत अन्य होटल सम्वन्धमा छुट्टै अध्ययन गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।

यस्तै जलवायू परिवर्तन कुनै एक मन्त्रालय, निकायसँग मात्रै सम्वन्धित नभई क्रस कटिङ्ग विषयको रुपमा देखिएको हुँदा यस सम्वन्धी अध्ययन, अनुसन्धान र कार्यान्वयनका लागि एक अधिकार सम्पन्न स्वतन्त्र निकायको स्थापना गर्न समितिले सरकारलाइ निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्