२७ जेठ २०८३, बुधबार

मंगोलियाको एक घरमा आगलागी हुँदा सात जनाको मृत्यु

कात्तिक ९, २०८०
काठमाडौं
मंगोलियाको एक घरमा आगलागी हुँदा सात जनाको मृत्यु

मंगोलियाको राजधानी उलान बाटोरमा एक भवनमा भएको आगलागी हुँदा सात जनाको मत्यु भएको छ । बिहीबार बिहान उक्त भवनमा आगलागी हुँदा सात जनाको ज्यान गएको त्यहाँको आपत्कालीन व्यवस्थापन एजेन्सीले जनाएको छ । 

स्थायीय समयअनुसार बिहान करिब ३:५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले जनाएको छ । 

आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ । 

चिसो मौसम शुरू भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । 

एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।

salt training

कमेन्ट गर्नुहोस्