१० असार २०८३, बुधबार

रोहिंग्या शरणार्थीलाई नेपाल प्रवेशमा रोक लगाउन एमालेको माग

कात्तिक २०, २०७४
रोहिंग्या शरणार्थीलाई नेपाल प्रवेशमा रोक लगाउन एमालेको माग
काठमाडौं ८ असोज– नेकपा एमालेले म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिंग्या शरणार्थीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन सरकारसंग माग गरेको हो । एमालेले नेपाल शरणार्थी समस्याको भुमरीमा फस्ने स्थिति आउने तर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।

‘म्यानमारबाट बंगलादेश प्रवेश गरेका रोहिंग्या शरणार्थीलाई अन्तर्राष्ट्रिय कानून विपरीत भारतको भूमि भएर नेपाल प्रवेश गराउने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै यो बैठक नेपाल सरकारसँग त्यस्ता शरणार्थीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन र नेपाल शरणार्थी समस्याको भुमरीमा फस्ने स्थिति आउन नदिन आवश्यक कदम चाल्न माग गर्दछ’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्