
त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपालले यूएईविरुद्ध १० ओभरको खेल सकिँदा ९५ रन बनाएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतकीय पारी खेलेपछि १० ओभरमा नेपालले ३ विकेट गुमाएर ९५ रन बनाएको हो ।
भुर्तेलले २८ बलमा ५० रन बनाएर । थप एक बल खेल्दा उनी आउट हुन पुगे ।
आशिफ शेख ७, कुशल मल्ल १ रन बनाएर आउट भएका हुन् ।
अहिले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी क्रमशः १० र १६ रन कटाएर खेलिहेका छन् ।