२५ जेठ २०८३, सोमबार

आर्सनलको सानदार जीत

कात्तिक १२, २०८०
काठमाडौं
आर्सनलको सानदार जीत

इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत दर्ता गरेको छ । गएराति भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडमाथि ५–० को सानदार जीत निकालेको हो । 

इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पूरा गरे भने फावियो भिइरा र ताकेहिरो टोमीयसुले समान एक/एक गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा चार गोल थप्दै सानदार जित निकालेको हो । 

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको आर्सनलको १० खेलबाट २४ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको टोटेनहमको २६ अंक छ ।

salt training

कमेन्ट गर्नुहोस्