
पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइ सकिएको उनले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्याउन सकिएको स्थानीय युवक लामिछानेले जानकारी दिए ।
घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।