
अग्रज लोकगायक एवं संगीतकार नारायण रायमाझीले फिल्म निर्देशनमा सफलताको ‘ह्याट्रिक’ गरेका छन् ।
प्रदर्शनरत फिल्म ‘परदेशी २’ सुपरहिट भएसँगै रायमाझीले सफलतामा ‘ह्याट्रिक’ गरेका हुन् । यसअघि उनी निर्देशित दुईवटा फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएका थिए ।
दशैंको अवसर पारेर गत असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परदेशी २’ सुपरहिट साबित भइसकेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा पनि यो फिल्म हेर्न हलमा दर्शकको बाक्लो उपस्थिति कायमै छ ।
राजेश वशंल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, रमा थपलिया लगायतको अभिनय छ ।
फिल्मको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।