११ असार २०८३, बिहीबार

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

कात्तिक २०, २०७४
अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा
वासिङ्टन, ८ असोज - अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ ।fighter-plane

तनावमा रहेको कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ ।

अमेरिका र उत्तर कोरियाली नेताहरूबीच विगत केही दिनयता वाकयुद्ध चलिरहेका बेला अमेरिकी युद्धक विमान उत्तर कोरियाली सीमा क्षेत्रमा यति नजीकबाट उडेको यो पछिल्ला केही दशक यता पहिलो घटना भएको बताइएको छ ।

उत्तर कोरियाले विगत केही महिनायता गरेका निरन्तरका आणविक परीक्षणपछि अमेरिका लगायतका मुलुकहरूल कोरियाका यस्ता उत्तेजक क्रियाकलापलाई रोक्न भन्दै निरन्तर प्योङ्याङमाथि दवाव सिर्जना गरिरहेका छन् ।

यसै बिषयलाई लिएर केही दिन पहिले अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कोरियामाथि आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने बिषयमा शुरुमा चीन र रसिया तयार नभएपनि हालै आएर उनीहरूले पनि प्योङ्याङको उत्तेजित गतिविधिलाई रोक्न प्रस्तावमा लचिलोबन्दै सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै केही दिनपहिले उत्तर कोरियाली गतिविधि यसरी नै अघिबढिरहे वाशिङ्टनले आफ्नो लागि मात्र नभई सबै सहयोगी देशको सुरक्षार्थ कुनै कसर बाँकी नराख्ने बताएका थिए । तर उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिको भनाइप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ आफ्नो मुलुक क्षेप्यास्त्र कार्यक्रम नरोक्ने चेतावनी दिएका थिए ।

यसैको प्रतिक्रियास्वरूप शुक्रबार फेरि नेता किम साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन भनी उनको यसअघि कहिल्यै नभएको परीक्षण हुने चेतावनी ट्रम्पले दिएका थिए ।

राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङयाङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दियो भने अमेरिकाले आफ्ना बमवर्षक तथा युद्धक विमानलाई उत्तर कोरियाको तटीय क्षेत्रमा उडाएर शक्ति प्रदर्शन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्