२६ जेठ २०८३, मंगलबार

जसपा केन्द्रीय समिति बैठक बस्दै

कात्तिक १३, २०८०
काठमाडौं
जसपा केन्द्रीय समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आजदेखि पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।  

बैठकमा मधेश प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे छलफल हुने पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  

साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले बताए । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्