काठमाडौं, ९ असोज- स्कच विस्कीको अस्तित्व र इतिहासलाई संरक्षण गर्दै मास्टर सिलेक्सन बनेको छ । चुनिएको फ्लेभरबाट स्मुद तथा उत्कृष्ट स्वाद भएको यो ह्विस्की, मिक्सोलोजिस्ट तथा विस्की प्रमीहरुमाझ अब्बल दर्जामा ठहरिने विश्वास छ । मास्ट सिलेक्सन विस्की र मनमोहक बोतल तथा प्याकेजिङ् समेत एक कलको रुपमा लिन सकिन्छ ।
नजर नहट्ने डिजाइनको बोतल, जहाँ राखिएपनि चर्चाको विषय बन्नेछ । मस्टर सिलेक्सन्, एकमात्र ब्लेन्डेड माल्ट स्कच विस्की हो जुन अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ । यहि कारण विजय डिस्टीलरी यस क्षेत्रमा सफल भएको छ । नेपालकै उत्कृष्ट विस्की उत्पादक मध्ये एक कम्पनिबाट प्रस्तुत यस विस्कीले बिस्तार अघि नै विस्की पारखीहरुको ध्यान आकर्षण गरिसकेको छ । डिस्टीलेरी बाटै मास्टर सिलेक्सनको माग अनुरुप विक्री भइसकेको छ ।
स्कटल्यान्डको पूवी हाइल्यान्डबाट नेपालको हिमालय सम्म, यो लिमिटेड एडिसन स्कच् हो ।