
आममाफीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि रिगल भनिने योगराज ढकाल पक्राउ परेका छन् ।
सर्वोच्चको आदेशलगत्तै बिहीवार अपराह्न ढकाललाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले लोकान्तरलाई जानकारी दिए ।
सर्वोच्च अदालतको पूर्ण इजलासलाई रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बिहीवार नै बदर गरिदिएको थियो ।
यससँगै रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थप कैद भुक्तान गर्नुपर्नेछ । पक्राउ परेका रिगललाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।