२५ जेठ २०८३, सोमबार

टी–२० विश्वकप छनोटको सेमिफाइनल समीकरण पूरा, कसले कोविरुद्ध खेल्दैछन् ?

कात्तिक १६, २०८०
काठमाडौं
टी–२० विश्वकप छनोटको सेमिफाइनल समीकरण पूरा, कसले कोविरुद्ध खेल्दैछन् ?
नेपाल र यूएईका कप्तान | फाइल तस्वीर

नेपालमा भइरहेको आईसीसी टी–२० विश्वकप छनोटमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह एबाट विजेता बनेको ओमान र उपविजेता नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह बीबाट यूएई र बहराइन सेमिफाइनल प्रवेश गरेका छन् । 

समूह एको अन्तिम खेलमा नेपाललाई ५ रनले पराजित गर्दै तीनमध्ये तीनै खेल जितेर ओमान सेमिफाइनल प्रवेश गरेको थियो । 

पराजित नेपालले समूह बीमा तीनवटै खेल जितेको यूएईसँग सेमिफाइनल खेल्नेछ । 

समूह बीमा यूएई विजेता बने पनि उपविजेता टिमको छिनोफानो भने रनरेटका आधारमा भएको छ । अन्तिम खेलमा बहराइन कुवेतसँग ४ विकेटले पराजित भए पनि रनरेटमा हङकङ र कुवेतलाई पछाडि पार्न सफल भयो । 

यी तीनवटै टिमले दुई–दुई अंक जोडेका थिए, तर बहराइन रनरेटमा अगाडि रह्यो । अंकतालिकामा हङकङ तेस्रो र कुवेत चौथो स्थानमा रहे । 

कुवेतले २१ बल बाँकी हुँदै बहराइनलाई पराजित गरे पनि सेमिफाइनल पुग्न पर्याप्त रनरेट प्राप्त गरेन । केही ओभर अगाडिमात्रै जीतसम्म पुगेको भए कुवेत भाग्यमानी बन्न सक्थ्यो ।

विश्वकप छनोटका लागि अब नेपालले भोलि मूलपानी मैदानमा यूएईको सामना गर्दा ओमान र बहराइन कीर्तिपुरमा भिड्नेछन् ।

फाइनल प्रवेश गर्ने दुई टोलीले वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेट खेल्नेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्