२२ जेठ २०८३, शुक्रबार

मिठाइमा रङको प्रयोगबारे यस्तो निर्देशन

कात्तिक १७, २०८०
काठमाडौं
मिठाइमा रङको प्रयोगबारे यस्तो निर्देशन

खाद्य,  प्रविधि  तथा  गुुण  नियन्त्रण  विभागले  तिहारका  लागि  बिक्री  गरिने  मिठाईलगायतका  खाद्यवस्तुुमा रङको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

 विभागले सूचना जारी गर्दै विभागले जथाभाबी अखाद्य रङको प्रयोग गरेर खाद्यवस्तुु बिक्रीवितरण नगर्न सचेत गराएको हो । विभागले  सूचनामार्फत  चाडपर्वमा  धेरै  बिक्री  हुने मिठाईलगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्ने र रङको मात्रा सरकारले तोकेको मापदण्ड अनुसार मात्रै  प्रयोग  गर्न  आग्रह  गरेको  छ  ।

 विभागले  भनेको छ, “अनुगमनका व्रmममा अखाद्य रङको प्रयोग गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने छ ।” विभागका अनुसार खाद्य ऐनले रातो, हरियो, निलो र पहेँलो गरी चार प्रकारका रङ प्रयोग गर्न अनुमति दिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्