०५ असार २०८३, शुक्रबार

भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटको सहकार्य, धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास

कात्तिक १७, २०८०
तनहुँ
भरतपुर भ्रमण वर्ष सफल पार्न देवघाटको सहकार्य, धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास

भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न तनहुँको देवघाट गाउँपालिकाले सहयोग गर्ने भएको छ । 

भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा सहयोग गर्न देवघाटलाई औपचारिक रुपमा आह्वान गरेको र देवघाटले पनि भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

भरतपुरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो ।

भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको छ ।

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणहरुको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताए ।

भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार व्यवसायको प्रवर्द्धन हुने अध्यक्ष थापाले बताए । 

उनले भने, ‘भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा सहयोग पुग्छ । त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्