
आफ्नो असन्तुष्टिबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर सरकार विस्तार गरेसँगै एमाले आजै सरकारबाट बाहिरिने भएको ।
एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आजै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने एमाले संसदीय दलले जनाएको छ ।
मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले आजै शपथग्रहणसमेत गराएका छन् ।
उनीहरू दुवैले विना विभागिय मन्त्रीको रुपमा नियुक्त भएका छन् ।
गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले यसअघि दुई जनालाई मन्त्री बनाएका थिए ।
मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा आबद्ध दुई दलबाट मन्त्री थपेसँगै एमालेले सरकार छाड्ने चेतावनी दिएको थियो ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरेकाको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । यससँगै एमाले सरकारबाट बाहिरिने भएको हो ।