२८ जेठ २०८३, बिहीबार
जाजरकोट भूकम्प

जाजरकोट र रुकुमपश्चिममा व्यापक क्षति: कम्तीमा ८० जनाको मृत्यु, १५० बढी घाइते

कात्तिक १८, २०८०
काठमाडौं
जाजरकोट र रुकुमपश्चिममा व्यापक क्षति: कम्तीमा ८० जनाको मृत्यु, १५० बढी घाइते

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ। जाजरकोटमा ४४ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जाजरकोटमा हालसम्म ४४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ज्यान गुमाउनेमा १४ महिला र बाँकी पुरुष र बालबालिका छन् । 

मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । 

दुई जिल्लामा ठूलो भौतिक क्षति पनि भएको छ । कयौं घरहरू भत्किएका छन् । 

कम्पमा परी दुई जिल्लामा १५० बढी घाइते भएका छन् । उनीहरूको उद्दार र उपचारको काम भइरहेको प्रहरीको भनाइ छ । जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा भूकम्प गएको थियो ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटको  समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव  ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्