
काठमाडौं, ९ असोज — फिल्महरूलाई ए, बी र सी ग्रेड दिने गरिन्छ । ए ग्रेडका फिल्महरू सामान्य हुन्छन् भने बी र सी ग्रेडका फिल्महरू चाहिँ अश्लील हुन्छन् ।

तर कुन आधारमा फिल्महरूको ग्रेडिङ गरिन्छ त ? अनि बी र सी ग्रेडका फिल्महरूका कलाकार किन चर्चित हुँदैनन् ?
खासमा फिल्मको बजेट र प्रविधि प्रयोगबाट अनि कलाकारहरूको उपस्थितिबाट ग्रेड निर्धारण गरिने हो । ठूलो फिल्ममा चर्चित कलाकारहरूले काम गर्छन् र फिल्मको बजेट धेरै हुन्छ । त्यसो त कम बजेटका फिल्म पनि ए ग्रेड पाएर रिलिज भएका छन् । अनि ए ग्रेड फिल्मका केही कलाकारहरूले बी ग्रेड फिल्ममा काम पनि गरेका छन् ।
ए ग्रेड
यस श्रेणीमा भएका फिल्मको बजेट ठूलो हुन्छ । यसलाई बनाउन राम्रो प्रविधि र क्यामरा प्रयोग गरिन्छ । यहाँ चर्चित कलाकार, महंगा लत्ताकपडा, भव्य सेट, गजबको सांगीतिक पृष्ठभूमि र उम्दा स्क्रिप्ट हुन्छ । यस्ता फिल्म तपाईंले परिवारका साथ हेर्न सक्नुहुन्छ । यस्ता फिल्महरू धेरै सिनेमाहलमा रिलिज गरिन्छन् ।
बी ग्रेड
यो श्रेणीको फिल्मको बजेट कम हुन्छ । यसमा काम गर्ने कलाकारहरू चर्चित हुँदैनन् । फिल्ममा कुनै स्क्रिप्ट हुँदैन र कथाको नाममा अश्लीलता भरिएको हुन्छ । यस्ता फिल्मका निर्माताहरूले गाउँशहरका भाषा प्रयोग गर्छन् । साना शहरहरूमा यस्ता फिल्म रिलिज हुन्छन् । फिल्ममा प्रयोग भएका प्रविधि सस्ता हुन्छन् । फिल्मको शीर्षक र पोस्टर पनि वयस्कलाई आकर्षित गर्ने किसिमका हुन्छन् ।
सी ग्रेड
इस ग्रेडका फिल्महरूको बजेट बी ग्रेडको भन्दा कम हुन्छ । पटक्कै नचिनिएका कलाकारहरू यसमा खेल्छन् । यस्ता फिल्मको प्रोडक्सन भ्याल्यु एकदमै घटिया हुन्छ । यिनीहरूको स्क्रिप्ट पनि बुझ्न सकिन्न कहिलेकाहीँ त । यिनीहरू छोटो अवधिका हुन्छन् ।
सामान्यतया ए ग्रेडका फिल्म कम्तीमा ९० मिनेट, बी ग्रेडका फिल्म ७० मिनेट अनि सी ग्रेडका फिल्म ४५ मिनेटसम्मका हुन्छन् ।
एजेन्सी