०६ असार २०८३, शनिबार

भूकम्प प्रभावित स्थानीय तहमा बिदामा रहेका कर्मचारीलाई काममा फर्किन मन्त्रालयको निर्देशन​

कात्तिक १८, २०८०
काठमाडौं
भूकम्प प्रभावित स्थानीय तहमा बिदामा रहेका कर्मचारीलाई काममा फर्किन मन्त्रालयको निर्देशन​
फाइल फोटो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदामा रहेको भए फिर्ता हुन् निर्देशन गरेको छ ।

भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू विदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामका खटिन र तत्काल बिदामा नरहन मन्त्रालयले निर्देशन दिएको हो ।

कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडा केन्द्रविन्दु बनाई आएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यानसहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको छ । 

उक्त क्षेत्रहरू सहित अन्य जिल्लाहरू समेत प्रभावित बनेका छन् । भूकम्पबाट मृत्यु भएका नागरिकहरूको खोजि एवं घाइतेहरूलाई उद्धार गर्ने कार्य भइरहेको छ ।

‘मृतकहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरूको व्यवस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउनु हुन प्रभावित जिल्लाका सबै स्थानीय निकायहरू एवं स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूमा हार्दिक अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ, ‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू विदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामका खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्