
सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्कालको राहत, उद्धार र उपचारका लागि जाजरकोट र रुकुम पश्चिममा पाँच/पाँच करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
गृहमन्त्रीको संयोजकत्वमा बसेको सुरक्षाकर्मीका प्रमुख र सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत भूकम्पपछिको सूचना संकलन गर्ने र सहयोग, उद्धार र राहतको काम पनि प्रजिअमार्फत गर्ने निर्णय गरेको छ ।
जाजरकोटमा गएराति गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १३८ जनाको मृत्यु भएको छ । १६६ बढी घाइते भएका छन् ।
सर्च एन्ड रेस्क्यु पहिलो प्राथमिकता राख्ने, सुर्खेतमा राहत सामग्री राख्ने त्यहाँबाट सप्लाइ गर्ने निर्णय पनि गृह मन्त्रालयमा सबेको बैठकले गरेको छ ।