
विप्लव नेतृत्वको नेकपाले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्वारका लागि पार्टीका केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र १ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिवार काठमाडौंमा उपलब्ध केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अत्यावश्यक सामग्री लिएर महासचिव विप्लव भूकम्प प्रभावित क्षेत्रमा जाने सो पार्टीका नेता प्रकाश डुम्रेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘नेकपाले आफ्नै केन्द्रीय उत्पादनबाट भूकम्पपीडित क्षेत्रका जनताका लागि २५ क्विन्टल चामलसहित तत्काल १ लाख रुपैयाँ, चिकित्सकसहितको मेडिकल टोली जाजरकोट र रुकुम पठाएको छ,’ उनले लेखेका छन्, ‘पाल, औषधिलगायतका थप अत्यावश्यक सामग्री लिएर महासचिव विप्लव भूकम्प प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ ।’