कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको छ । यो पुरानो र नयाँ शक्ति हो ।
उनीहरूका अनुसार शक्ति सञ्चित हुनुमा केही कारण छन्। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि केही वर्ष परकम्पमा बिते । त्यसले अर्को महाभूकम्पको शक्ति काठमाडौँको जमिनमुनि थुपारिदिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तीन वर्षयता पश्चिम नेपालका विभिन्न भूकम्पको निरन्तरको धक्का बढ्न थालेको हो । गत असोज १६ गते बझाङमा एकै दिन गएका ६.३ र ५.३ म्याग्निच्युडको भूकम्पपछि लगातारजसो नै त्यो क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । जसको कम्पन काठमाडौँसम्म राम्रै महसुस गरिएको थियो । त्यसअघि वैशाखमा बाजुरामा यही आसपासको भूकम्प गएको थियो ।
केन्द्रका अनुसार लामो समयदेखि सञ्चित आठ म्याग्निच्युडमाथिको महाभूकम्पको शक्ति पश्चिम नेपालको जमिनमुनि सञ्चित छ । त्यो बाहिरिन आठ म्याग्निच्युड बराबरको भूकम्प एकैचोटि जानु पर्छ । पछिल्लो समय गइरहेका साढे छ म्याग्निच्युड बराबरका भूकम्पले महाभूकम्पको शक्तिको एक छेउ पनि बाहिर निस्कँदैन किनभने आठ म्याग्निच्युडको भूकम्पको शक्ति सञ्चित छ भने सात रेक्टरका ३२ वटा भूकम्प जानु पर्छ । त्यस्तै छ म्याग्निच्युडको जाने हो भने एक हजार २४ वटा भूकम्प गएमा बल्ल एउटा आठ म्याग्निच्युडको महाभूकम्पको शक्ति बाहिरिन्छ ।
अझ कम पाँच म्याग्निच्युडको भूकम्पमार्फत त्यो सकिने हो भने ३२ हजार वटा भूकम्प आउनु पर्छ । जति कम म्याग्निच्युडको भूकम्प जान्छ, त्यति गुणा धेरै भूकम्पको सङ्ख्या बढेर जानु पर्छ तर ती भूकम्प परकम्पका रूपमा नभई भूकम्पकै रूपमा जानुपर्ने हुन्छ ।
नेपालको पश्चिमी भूगर्भमा पाँच सय वर्षदेखि त्यो शक्ति जमिनमुनि बसिरहेकाले पनि खतरा बढेको छ । अहिलेका भूकम्पले दरार पैदा नगराएको र शक्ति नबाहिरिएका कारण अबको केही दिनभित्र नै पश्चिम नेपालमा अर्को मध्यम खालको भूकम्प जाने सम्भावना रहेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्, गोरखापत्रमा खबर छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...