१५ असार २०८३, सोमबार

जाजरकोटको १३ र रुकुम पश्चिमको ७ स्थानमा नेपाली सेनाको खोज तथा उद्धार जारी

कात्तिक १९, २०८०
काठमाडौं
जाजरकोटको १३ र रुकुम पश्चिमको ७ स्थानमा नेपाली सेनाको खोज तथा उद्धार जारी

नेपाली सेनाले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा खोज तथा उद्धार कार्यलाई जारी राखेको छ ।

भूकम्प लगत्तै परिचालित सेनाको टोलीले जाजरकोटको १३ र रुकुम पश्चिमको ७ स्थानहरूमा तैनाथ रही उद्धार कार्य निरन्तर जारी रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोट र रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवा २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्‍याइएको छ ।

यसै गरी, आइतवार बिहान जाजरकोटबाट थप १ जना घाइतेको हवाई उद्धार गरिएको सेनाले जनाएको छ । सेनाले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी एवं विशेषज्ञहरू समेतको विभिन्न युनिटहरूको टोली १० स्थानमा स्ट्याण्डबाइ रहेका छन् ।

null

जाजरकोट अस्पताल, चौरजहारी तथा आठबीसकोट इलाकामा खटिएको मेडिकल टोलीहरूबाट १२५ जना घाइतेहरूको उपचार भएको सेनाले जनाएको छ। 

परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेका छन् ।

यस्तै, परिचालित हवाई साधनहरुले जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि उद्धार गर्नुको साथै राहत सामग्री ढुवानी गरिरहेका छन् ।

हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत करिब दश हजार केजी औषधिजन्य र अन्य अतिआवश्यक राहत सामग्रीहरू भूकम्प प्रभावित क्षेत्रमा ढुवानी गरिएको सेनाले जनाएको छ ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्