
काठमाडौं, ९ असोज — इटालीको वायुसेनाले आइतवार देखाएको एयर शोका बेलामा एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानचालकको मृत्यु भएको छ ।

यो सैन्य विमानको नाम युरोफाइटर थियो र समुद्रमाथि उडिरहेको विमान अचानक समुद्रमा खसेको थियो ।
एयर शो हेर्नका लागि हजारौं मानिस भेला भएका थिए ।
वायुसेनाले जारी गरेको बयानका अनुसार, यस घटनाको लगत्तै पछि खोजी र उद्धार अभियान शुरु गरिएको थियो र पाइलटको लाश निकालिएको थियो ।
यो विमान टेस्ट फ्लाइट विभागको भएको वायुसेनाको भनाइ छ । राजधानी रोमभन्दा ११० किलोमिटर पर टेरासिना शहरमा एयर शो चलिरहेको थियो । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान जारी रहेको बताइएको छ ।
हेरौं भिडियो :
एजेन्सी