०६ साउन २०८३, बुधबार

महाभारतका केही रोचक कथा यस्ता छन्

कात्तिक २०, २०७४
महाभारतका केही रोचक कथा यस्ता छन्

काठमाडौं, ९ असोज — हिन्दू धर्मको महान् धार्मिक ग्रन्थ महाभारतमा थुप्रै कथाहरू भेटिन्छन् । यहाँ हामी केही कथाहरू संक्षिप्त रूपमा दिँदैछौं ।


कौरवहरूको सेना पाण्डवहरूसँग हारिरहेको बेलामा दुर्योधन भीष्म पितामहकहाँ पुगेका थिए । उनले भीष्मलाई भने, ‘तपाईं पूरा शक्ति लगाएर युद्ध लडिरहनुभएको छैन ।’

यो सुनेपछि भीष्मलाई रिस उठ्यो । उनले तुरुन्तै पाँचवटा सुनौला वाणहरू लिएर केही मन्त्र पढे ।

मन्त्र पढेपछि उनले दुर्योधनलाई भने, ‘भोलि यी पाँच वाणले म पाण्डवहरूको वध गरिदिन्छु ।’ तर दुर्योधनलाई भीष्मको कुरामा विश्वास लागेन र उनले भीष्मबाट वाण लिएर भोलि बिहान फर्काइदिउँला भने ।

भगवान् कृष्णलाई वाणका बारेमा थाहा भयो र उहाँले अर्जुनलाई बोलाएर दुर्योधनकहाँ गएर वाण मागेर ल्याऊ भन्नुभयो ।

‘तिमीले एकचोटि गन्धर्वबाट दुर्योधनलाई बचाएका थियौ र त्यसको बदलामा दुर्योधनले म एउटा कुरा दिनेछु भनेका थिए । त्यसैले त्यो कुरा माग्ने बेला भयो । त्यही पाँचवटा वाण माग ।’

त्यसपछि अर्जुनले दुर्योधनसँग वाण मागे र दुर्योधनले क्षेत्री भएका कारण वचन पूरा गरेर अर्जुनलाई वाण दिए ।

अब अर्को कथा ।

द्रोणाचार्यलाई भारतवर्षको पहिलो टेस्टट्युब बेबी मानिन्छ । उनको जन्मको कथा पनि रोचक छ ।

द्रोणाचार्यका पिता महर्षि भारद्वाज थिए र उनकी आमा एक अप्सरा थिइन् । एक साँझ भारद्वज गंगा नुहाउन जाँदा एक अप्सरालाई नुहाइरहेको देखे । अप्सराको सुन्दरतालाई देखेर भारद्वाज मुग्ध भए र उनको वीर्यपात भयो ।

त्यो वीर्यलाई महर्षिले एउटा माटोको भाँडोमा थापेर अँध्यारो कोठामा राखे र त्यही भाँडोबाट द्रोणाचार्यको जन्म भयो ।

तेस्रो कथा ।

पाण्डवहरूका पिता पाण्डु मर्न लागेको बेलामा आफ्ना छोराहरूलाई बुद्धिमान् बन्नका लागि मेरो मस्तिष्क खाओ भने । अरूले त घिन माने तर सहदेवले चाहिँ मस्तिष्क खाए ।

एकचोटि खाँदा उनले विगतका सबै कुरा थाहा पाए । दोस्रोचोटि खाँदा उनले वर्तमानमा भइरहेको कुरा थाहा पाए । तेस्रोचोटि खाएपछि चाहिँ उनले भविष्यमा हुने कुरा थाहा पाए ।

कमेन्ट गर्नुहोस्